

वीरगन्ज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्लाका सह इन्चार्ज एवं संविधान सभाका सदस्य पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताले आफ्नो निर्बाचन क्षेत्र नम्बर ३ को बिभिन्न पालिकामा चुनावी अभियानलाई तिब्रता दिएका छन् । आज पर्साको बिन्दबासिनी गाउँपालिकाको अमरपट्टी, मधवल , इटियहि , झौवा लगायतको गाउँहरुमा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रम कै बीच झौवामा जाँदा पूर्व अधिकृत शिवपुजन साहले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्व अधिकृत साहलाई नेता गुप्ताले गम्छा अबिर लगाई पार्टीमा स्वागत गरेका थिए । उक्त घरदैलोमा उहाँले आउँदो निर्वाचनमा एमालेले जितेको खण्डमा मात्र र पर्साको समग्र विकास हुने भएकोले सूर्यमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नु भएको थियो । आगामी ४ गते हुने प्रतिनिधी सभाका सदस्प पदका उम्मेदवार समेत रहेका गुप्ताले बिशेष गरि घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् । उनले बुधबार र बिहीबार गरी २ दिन पकाहामैनपुर गाउँपालिकाको क्षेत्र नं ३ मा पर्ने वडा नं १ , २ , ३ र ४ को टोलमा घरदैलो मार्फत आफ्नो पार्टीलाई आउँदो निर्बाचनमा निर्वाचित गराउन स्थानीय मतदाताहरुलाई आह्वान गर्नुभयो । घरदैलोमा नेकपा एमाले र जसपाका साझा प्रदेश सभा सदस्य(ख)का उम्मेदवार डा. मधु गुप्ता , एमाले जिल्ला कमिटीका उप सचिव संजिव मिश्रा,राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष मोहमद निजाम , नेता शिव पटेल , जिल्ला कमिटी सदस्य श्याम बञ्जारा , बिकास पाण्डेय , धीरज चौरसिया , कृष्ण कुशवाहा , बिन्दबासिनी गाउँपालिका पुर्व अध्यक्ष श्रीलाल साह कानु , गाउँपालिका उपाध्यक्ष ज्योति चौरसिया , नेता लक्षमण चौरसिया , हनिफ अंसारी , गम्भिरा साह , दीनानाथ साह , रामबाबु चौरसिया , कौशल किशोर साह , मोहन बर्णवाल , विधाचल ठाकुर , लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।