बिरगंज । बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिद्वारा अनुगमन गुणस्तरहीन समानहरु नष्ट भएको समाचार प्राप्त भएको छ।
बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितीको सयोजक उपमेयर इम्तियाज आलमको सयोजकतत्वमा विभिन्न निकायका प्रतिनिधिहरु बिरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास,गुणस्तर तथा नाप तौल कार्यलय को प्रतिनिधि आनन्द कुमार गुप्ता,जिल्ला प्रशासन कार्यालय का प्रतिनिधि गौरीशंकर प्रसाद गुप्ता,जिल्ला प्रहरी कार्यालय पर्सा का प्रतिनिधि मीन बहादुर रमौली,बिरगंज उद्योग बाणिज्य संघ का प्रतिनिधि मनोज कुमार दास को उपस्तिथि मा बिरगंज महानगर बजार अन्तर्गत होटेल मैजबानी,क्याफे मोका, होटेल बिकानेर,होटल अनमोल,होटल डाउन टाउन पिज्जा मा अनुगमन गरिएको थियो।
जसमध्ये क्याफे मोका मा गुणस्तरीयहिन पाउरोटी पाएको र त्यो पाउरोटी नस्ट गरियो र डाउन टाउन पिज्जा मा पेप्सी कोला म्याद गुज्रिएको भेटियो र त्यो पेप्सी पसल को अगाडी नै नस्ट गरियो र बाकी सबै पसल र होटेलहरु मा गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश बिपरित काम भयो भने सबै लाई आउने दिनहरु मा कार्वाही हुनेछ भनी जानकारी गराएका थिए।