प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले प्रदेश सभा(क) की उम्मेदवार नारायणी रायमाझीबाट समर्थकलाई घात भएको प्रतिकृया दिएका छन् ।
नेपाली काँग्रेसको निर्णयविरुद्ध वाग्ले र रायमाझीले संयूक्त रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भएपनि शुक्रबार काठमाडौं पुगेर रायमाझीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी पार्टीको आमन्त्रीत केन्द्रिय सदस्य पदसंग उम्मेदवारी फिर्ताको सट्टेबाजी गरेकी छन् ।
वाग्ले र रायमाझीद्वयले चुनाब चिन्ह समेत लिईसकेका छन् । तर रायमाझीले खुट्टा कमाएपनि वाग्लेले भने आँफूलाई कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । शुक्रबार कुराकानीमा नेता वाग्लेले रायमाझीलाई गरिएको घेराबन्दी क्षेत्र नम्बर ४ का जनताले बुझेको र आफूले ती समर्थकको भावनालाई समेटेर अघि बढ्ने बताए । ‘उम्मेदवारी फिर्ता गराउन क–कसले घेराबन्दी गरे र रायमाझीजीले कसरी जनतालाई ढाँट्नुभयो भन्ने यहाँका जनताले मूल्याँकन गर्ने कुरा हो’ वाग्लेले भने ।
नेतृ रायमाझीको निर्णयले बारा क्षेत्र नम्बर ४ मा आफ्नो समर्थन अझै बढेको दाबी वाग्लेले गरे । ‘मेरो उम्मेदवारी जित्नका लागि हो, म आफ्नो अडानमा एक कदम विचलित छैन, कार्यकर्ता र समर्थकलाई निरुजीले दिएको धोकाले आँफूलाई जिम्मेवारी थपेको र समर्थकको विश्वास थप बढेको महशुस गरेको छु ।’ वाग्लेले हेडलाईनसंग भने ।