निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनका नेताहरूलाई अर्का दलका उम्मेदवारलाई नेता कार्यकर्ता र मतदाताले मत नहाल्ने हो कि भन्ने डरले सताएको छ । शीर्ष नेताहरूको बोली र अभिव्यक्तिले त्यस्तो देखिएको हो । निर्वाचनमा एकले आर्कालाई शंका गरे एमालेलाई फाईदा हँने हुँदा शीर्ष नेताहरू नेता कार्यकर्ता र मतदाता फकाउँन निस्किएका छन् ।
सत्ता गठबन्धनका नेताहरूलाई अर्का दलका उम्मेदवारलाई नेता कार्यकर्ता र मतदाताले चुनावमा मत नहाल्ने डरले सताएको छ । र त पछिल्लो समय सत्ता गठबन्धनका शीर्ष नेताहरूले चुनावी सभा, उम्मेदवार परिचय कार्यक्रम र कार्यकर्ता प्रशिक्षण कार्यक्रमहरूमा गठबन्धनमा शंका नगर्न आग्रह गरिरहेका छन् । उनीहरूले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरिरहेका छन् ।
हो, सत्ता गठबन्धन कम्युनिष्ट र कांग्रेस मिलेर बनेको छ । जसलाई उनीहरूले वाम–लोकतान्त्रिक गठबन्धन नामाकरण गरेका छन् । तर, जति–जति चुनाव नजिकिँदै छ शीर्ष नेताहरूमा डरले कापिरहेका छन् । कतै सत्ता गठबन्धनभित्रका कम्युनिष्ट पार्टीका उम्मेदवारलाई कांग्रेसले र कांग्रेस पार्टीका उम्मेदवारलाई कम्युनिष्टले भोट नहाल्ने त होइन भन्ने ? सोहि शंकालाई निमूल पार्न गठबन्धनका शीर्ष नेताहरू देश दौडाहमा छन् । माओवादी केन्द्र र एकीकृत समजवादी पार्टीका अध्यक्ष द्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पनि सत्ता गठबन्धन आजको आवश्यकता रहेको र शंका नगरि मत हाल्न आग्रह गरिरहेका छन् ।
त्यसो त केपी शर्मा ओली नेतृत्वको तत्कालिन एमालेको सरकारलाई सत्ताच्युत गर्न वाम–लोकतान्त्रिक गठबन्धनले निकै संघर्ष गरेको थियो । फलस्वरुपः सर्वोच्च अदालतको परमादेशले ओली नेतृत्वको सरकार ढल्यो र शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनी वाम–लोकतान्त्रिक गठबन्धनको सहयोगमा सत्ताको भर्याङ प्रतिपक्षबाट उक्लिएका हुन् । सत्ता गठबन्धनले राष्ट्रिय सभाको उप–निर्वाचन र स्थानीय तहको निर्वाचन गरि दुई महत्वपूर्ण निर्वाचन संगै लडिसकेको छ । जसमा सफलता नै हात पारेको थियो सत्ता गठबन्धनले ।
तर, स्थानीय तह निर्वाचनमा भने कतै–कतै गठबन्धनलाई धक्का पनि लागेको थियो आन्तिरिक किचलोका कारण । आसन्न संघीय निर्वाचनमा भने त्यस्तो नहोस् भनेर गठबन्धन सम्वद्ध दलका शीर्ष नेता र दोस्रो तहका नेताहरू कम्मर कसेर लागेका छन् । तर, उनीहरूमा शंका भने कायम नै छ । सत्ता गठबन्धनका नेता कार्यकर्तामा शंका उत्पन्न भए त्यसको लाभ एमालेले उठाउँने हुँदा उनीहरू कापेका हुन् ।