नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन छोडेर गोर्खा पुगेपछि गोरखाको निर्वाचन क्षेत्र नम्बर २ यस पटक पनि चर्चामा छ । अघिल्लो निर्वाचनमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको हेभिवेट प्रतिस्पर्धाका कारण चर्चित यो क्षेत्र यस पटक प्रचण्डको उम्मेदवारीका कारण चर्चामा आएको हो । यो क्षेत्रमा प्रचण्डसंग नेकपा एमालेका उम्मेदवार अब्दुस मिया प्रतिस्पर्धा गर्दैछन ।
२०७४ सालमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव जितेर संसद भवन छिरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यसपटक गोर्खाको निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन । पुर्वप्रधानमन्त्री एबं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खाली गरेको ठाउबाट चुनाव लड्न चितवनबाट गोर्खा पुगेका प्रचण्डले आफ्नो जित सुनिश्चत रहेको दाबी गरिरहेका छन । अबको राजनीतिक जिवन चितवनमै केन्द्रित गर्ने उद्घोष गरेर चितवनमा घर समेत बनाईसकेका प्रचण्ड अहिले सबैलाई चकित पार्दै गोर्खाका मतदाताको घरदैलोमै पुगर भोट मागीरहेका छन ।
गत बैसाखमा भएको स्थानिय तहको निर्वाचनमा पार्टीले अबिश्वसनीय जित हात पारेपछी प्रचण्ड सुरक्षित स्थान खोज्दै बाबुरामलाई मनाएर गोर्खा पुगेको बताईन्छ । स्थानिय तहको निर्वाचनमा प्राप्त मत र गठबन्धनको साथले प्रचण्डले यसपटक जित पार्ने धेरैको विश्लेषण छ । तर नेकपा एमालेका २९ वर्षिय युवा उम्मेदवार अब्दुस मियाले भने प्रचण्डलाई हराएर संसद भबन छिर्ने दाबी गरेका छन् । विवेकशील साझा पार्टी परित्याग गरी एमाले प्रवेश गरेका अब्दुसले प्रचण्डलाई हराएर गोरखाली मतदाताले आफुलाई जिताउने दाबी गरेका छन ।
एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाडौं– ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । तर विवेकशील साझा पार्टी छोडेर बसेका उनी स्वतन्त्र उम्मेदवारी घोषणा गरे पनि पछी एमालेमा प्रवेश गरेका थिए ।