वीरगञ्ज, माघ : पर्सा जिल्ला सुन चाँदी व्यवसायी संघको निर्वाचन भाली हुने भएको छ । निर्वाचनमा झण्डै २ सय २० जना सुन चाँदी व्यवसायीहरुले अगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएका छन् । चुनावमा एक पक्षबाट भुलन प्रसाद सोनारले अध्यक्ष सहितको टिम मैदानमा उतारेका छन् । अर्को पक्षले प्रवेश सोनारको टिम सहित मैदानमा उतारेका छन् ।
समाजको विभिन्न सामाजिक गतिविधिमा आफूलाई खडा गर्न सिपालु मानिएका भुलन सोनार यो निर्वाचनमा आफ्नो पल्ला भारी भएको दाबी गर्छन् र सुन चाँदी व्यवसायीहरुको हकहितका निम्ती आफूले कुनै कसर बाँकी नराखी लडिरहने हुनाले एक पटक आफूलाई सुन चाँदी व्यवसायी संघ पर्साको नेतृत्व गर्न अवसर दिनुहुन आग्रह गर्नुहुन्छ ।
उहाँ आफूले सबै सुन चाँदी व्यवसायीहरुलाई समेटेर अगाडी बढ्ने भएकोले यो निर्वाचनमा ठूलो संख्याका मतदाताहरुले आफ्नो पक्षमा खुलेर लागेकोले जितमा कुनै प्रकारको आशंका नभएको समेत विचार व्यक्त गर्नु हुन्छ । झण्डै ७० प्रतिशत भन्दा बढी मतदाताहरु आफ्नो पक्षमा रहेकोले आफ्नो टिमले परिणाम ल्याउने दावा समेत उहाँ गर्नुहुन्छ ।