वीरगन्ज । महोत्तरीको भंगहा नगरपालिकामा कर्फ्यु लगाईएको छ ।हिंसा नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार कर्फ्यु आदेश जारी गरेको हो । हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीको क्रममा बिहीबार हिंसा भड्किएकाे थियाे ।
थप हिंसा भड्कन नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेकाे हाे । भंगहा-८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका-१ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने प्रशासनले जनाएकाे छ ।