वीरगन्ज । निर्वाचन मुखमा नेपाली कांग्रेसका नेताले साडी वितरण गरेर निर्वाचन आँचर सहिताको उलंघन गरेका छन् । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेत शेष रुस्तमले चुनावमा मुखमा साडी बाँडीरहेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसीका उम्मेदवारहरुको पक्षमा मतदातालाई आकर्षित गर्न रुस्तमले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ साडी वितरण गरेको बुझिएको छ ।
छठको बहानामा साडी बाँडेपनि साडी वितरण गर्ने योजना भने निर्वाचन केन्द्रीत भएको कांग्रेसकै एक नेताले नाम नबताउने शर्तमा बताए । उनले साडी वितरण गरे वापत कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरिरहेको स्रोतको दावी छ ।
उनका अनुसार शेष रुस्तम मतदाताको घरघरमै पुगेर साडी वितरण गरीरहेका छन् । निर्वाचन आचारसंहिताविपरित उनले साडी बाँड्दा पनि निर्वाचन आयोग भने मुखदर्शक बनेर बसको छ ।