

वीरगञ्ज । छठ पर्वको अवसरमा वीरगञ्ज कारागारमा रहेका ८० जना महिलालाई साडी वितरण गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले साडी वितरण गरेको हो । वीरगञ्ज महानगरालिका वडा नम्बर ५ स्थित वीरगञ्ज कारागारमा रहेका ८० जना महिलाहरुलाई साडी र पिठो वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी बेल १३ नम्बर गण वीरगञ्ज पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीषक तेज प्रसाद पोखरेल, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, कारागार सुरक्षा गार्ड वीरगञ्जका निमित्त कारागार प्रमुख नवराज बर्ताैला, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीषक बिशाल मल्ल, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको उपस्थितीमा साडी र पिडो वितरण गरिएको हो । हिरासतमा रहेका महिला बन्दी र थुनुवाहरुलाई हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठको अवसरमा साडी र पिठोसँगै कमलजी झुनझुनवालाको सहयोगमा २५ थान दाउरा, सोफले र डगरासमेत प्रदान गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।कारागारभित्रका ८० र वीरगञ्जका अन्य स्थानमा २ सय २० जना गरी जम्मा ३ सय जनालाई साडी वितरण गरिएको छ ।