काठमाडौं । भारतले नेपाल सरकारलाई २ सय वटा सवारी साधन उपहारस्वरूप उपलब्ध गराएको छ ।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रयोग गर्नका लागि भारत सरकारले मंगलबार नेपाल सरकारलाई २ सय वटा सवारी साधन उपलब्ध गराएको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारका तर्फबाट २ सय सवारीसाधन उपहारस्वरूप हस्तान्तरण गर्नुभयाे ।
नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन चुनावका क्रममा प्रयोग गरिनेछ । तीमध्ये सुरक्षा निकायले १ सय २० र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दूतावासले जनाएको छ ।
कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधनलगायत विकास साझेदारीका रूपमा नेपाललाई निरन्तर सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिनुभयाे ।
राजदूत श्रीवास्तवले आगामी दिनमा पनि नेपाललाई भारतको निरन्तर सहयोग रहने बताउनुभयाे ।