काठमाडाैं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे छ ।
काठमाडाैंकाे दरबारमार्गस्थित होटल याक एण्ड यतीमा मंगलबार आयाेजित एक विशेष कार्यक्रमबीच एमालेले चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे हाे ।
एमालेले समृद्ध नेपाल सुखी नेपाली नारालाई निरन्तरता दिएकाे छ । एमालेले विभिन्न २० वटा ग्यारेन्टीहरु पनि समावेश गरेकाे छ । नागरिकता नेपालीलाई मात्र दिनुपर्ने एमालेकाे घाेषणापत्रमा उल्लेख छ ।
घाेषणापत्रकाे ग्यारेन्टी नम्बर ११ मा खेतबारीमा पानी : खाडीमा हाेइन, स्वदेशमै जवानी नारा उल्लेख गरेकाे छ । त्यसका लागि एमालेले आगामी सतह तथा भूमिगत सिँचाइबाट तराई मधेसकाे थप ३ लाख हेक्टर जमिन सिञ्चित गरिनेछ । सिँचाइलाई वर्षायामकाे बिजुली महशुलमा ५० प्रतिशत र हिउँदयामकाे बिजुलीमा २५ प्रतिशत छुट दिइनेछ ।
कृषि आधारित उद्याेगमा संलग्न हुने युवा तथा वैदेशिक राेजगारीबाट फर्केकाहरु नेपालीलाई ऋण तथा सहुलियतका स्किमहरु ल्याइने एमालेकाे घाेषणापत्रमा उल्लेख छ । कृषि उपजकाे बीमाकाे व्यवस्था गरिनेछ ।
हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र न्यूनतम ज्याला २५ हजार हुने व्यवस्था गर्ने एमालेले प्रतिबद्धता पनि एमालेले जनाएकाे छ ।