काठमाडाैं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे छ ।काठमाडाैंकाे दरबारमार्गस्थित होटल याक एण्ड यतीमा मंगलबार आयाेजित एक विशेष कार्यक्रमबीच एमालेले चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे हाे ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल रुपमा घाेषणापत्र सार्वजनिक गर्नुभएकाे हाे । घाेषणापत्रमा सूर्य चिन्हमा भाेट किन दिने भन्ने विषयमा अध्यक्ष ओलीले ६ प्रश्न साेध्नुभएकाे छ ।
एमालेले 'समृद्ध नेपाल सुखी नेपाली' नारालाई निरन्तर्ता दिएकाे छ । साे नारा पूरा गर्नका लागि एमालेले विभिन्न कार्यक्रम पनि घाेषणा गरेकाे छ ।
घाेषणापत्र सार्वजनिक गरेलगत्तै एमालेले कात्तिक १७ गतेदेखि देशव्यापी चुनावी अभियान थाल्दैछ ।