वीरगञ्ज, २४ माघ : नेपाल पत्रकार महासंघ प्रदेश २ अन्तर्गतका ७ जिल्ला शाखा अध्यक्षहरूले प्रदेश अध्यक्षले गरेको एकल निर्णय सच्याउने मांग गरेका छन् । निर्णयको प्रति केन्द्रीय सदस्य अवधेश झा, प्रदेश उपाध्यक्ष केसि लामिछाने र महासचिव किरण कर्णलाई हस्तान्तरण गरिएको छ । आज जनकपुरमा बसेको प्रदेश २ का आठ जिल्लामध्ये ७ जिल्लाका अध्यक्षहरुले बैठक बसी जिल्लाको अधिकार क्षेत्र माथि धावा बोल्ने काम नगर्न आग्रह गर्दै विधिको शासन स्थापित गर्न माग गरेको छ ।
बैठकले समस्या समाधान नभएमा फागुन १ गते गर्ने भनिएको साधारणसभामा आफूहरुको सहभागिता नरहने निर्णय समेत भएको छ । प्रदेशले जिल्ला शाखाहरुको अधिकारलाई कटौती गर्दै एक्लौटी ढङ्गबाट सदस्यता थपघट, नविकरण र वितरण गरेपछि आज जनकपुरमा बैठक बसेको हो ।