बीरगंज २७ माघ : अहिले बारा जिल्लाको बिभिन्न नाकाहरुबाट ईतिहाँसमै नभएको जस्तो पाडा पाडी राँगा तथा भैंसी तश्करी हुँदा समेत सरोकारवाला निकाय कानमा तेल हालेर बस्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । बाराको मुसहरवा, सिम्रौरगढ लगायतको नाकाबाट हुन थालेको पाडा तश्करीको माध्यमले दैनिक रुपमा नेपालको करोडौं राजस्व अपचलन हुँदा समेत कसैले तश्करलाई कारवाहीको सिकञ्जा नकस्नुले त्यहाँको नियमन निकाय समेत पैसामा बिकेको पुष्टी हुन थालेको छ ।
पर्सा जिल्लामा केही समय पहिला भएको तश्करी अचेल पुर्णतय स्थानीय प्रहरी प्रशासनले रोक्नुका साथै कडाइ गरेपछि तश्करहरुले बारालाई सुरक्षीत स्थानको रुपमा ग्रहण गरेका हुन । हाल पर्सा बडाका गाउँबाट तश्करी जारी रहेको भएपनि त्यसलाई नियन्त्रण हुन नसक्दा भने सबै आश्चर्यमा परेका छन । बाराबाट हुने पाडा तश्करीको कारण दैनिक २० करोडको हाराहारीमा राजस्व र नेपालको पूँजी पलायन भएको अनुमान लगाउन थालिएको छ ।