वीरगन्ज २ फागुन : कोभिड– १९ कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आजदेखि पर्साका पत्रकारलाई पहिलो डोजको खोप लगाउन सुरु गरिएको छ । सरकारले फ्रन्टलाइनमा खट्ने पर्साका पत्रकारका लागि नारायणी अस्पताल वीरगंजमा खोप लगाउने व्यवस्था मिलाएको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले खोप लिई कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरूलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भएको अध्यक्ष बन्जाराले बताउनुभयो । कोभिड– १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरूले खुसी व्यक्त गरेका छन् । पत्रकार लालबाबु शेख, बिजय कुशवाहा, महासंघका उपाध्यक्ष अनुप तिवारी,संजिव मिश्रा , सदस्य शुष्मा शर्मा, बिकास साह, अजय चौरसिया लगायतकाले खोप लिइसकेको अध्यक्ष बन्जाराले जानकारी दिनुभयो ।