काठमाडाैं । नेकपा एमाले देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय पार्टी बनेकाे छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे अन्तिम मतपरिणाम अनुसार जनमतका आधारमा एमाले देशकै सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रुपमा स्थापित भएको हाे । यसअघि पनि देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय रहेकाे एमालेले आफूलाई साे हैसियत भन्दा झन् माथि राख्न सफल भएकाे हाे ।
प्रत्यक्षतर्फ केही सिटले दाेस्राे दलमा खुम्चिएकाे एमालेले समानुपातिकतर्फ भने सर्वाधिक लाेकप्रिय मतसहित आफूलाई देशकै ठूलाे शक्तिका रुपमा पुन: उभ्याएकाे छ । अनेक घेराबन्दीबीच पनि एमाले लाेकप्रिय पार्टी बन्न सफल भएकाे हाे ।
निर्वाचन आयाेगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले समानुपातिककाे मतगणना सम्पन्न भएकाे जानकारी दिनुभयाे । मंगलबार सम्पन्न समानुपातिकतर्फकाे अन्तिम मतपरिणाम अनुसार एमालेले प्रतिनिधि सभाकाे समानुपातिकतर्फ करिब साढे २८ लाख मत पाएर पहिलाे बनेकाे छ । कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । एमालेले नेपाली कांग्रेसले भन्दा १ लाख ३० हजार ४१६ मत बढी पाएकाे छ ।
निर्वाचन आयाेगका अनुसार दोस्रो स्थानमा रहेको कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र ११ लाख ७५ हजार ६८४ मतसहित तेस्राे बनेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३४४ मत ल्याएर चाैथाे बनेकाे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएर क्रमश: पाँचाैं,छैटाैं र साताैं नम्बरमा छन् । यी ७ दल मात्र राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ ।
नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ३६७ मत पाएका छन् । एकीकृत समाजवादी, लाेसपा लगायत दल भने राष्ट्रिय पार्टी बन्न असफल भएका छन् ।
६ प्रदेशमा एमाले र एकमा कांग्रेस पहिलाे
मधेस प्रदेशबाहेक अरु ६ प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलाे दल बनेकाे छ । प्रदेश सभातर्फ प्रदेश-१ मा एमालेले ६ लाख ६५ हजार ४६०, कांग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, माओवादीले १ लाख ८१ हजार २४५, जसपाले ६१ हजार ७२३ र एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएका छन् । प्रदेश १ मा कुल ३६ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।
मधेस प्रदेशमा कांग्रेसले ४ लाख १४४, एमालेले ३ लाख ५१ हजार ७६८, जनमतले ३ लाख २९ हजार १७७, जसपाले २ लाख ९८ हजार ७७४, माओवादीले १ लाख ८० हजार ८६०, एकीकृत समाजवादीले १ लाख १३ हजार ९१५, लाेसपाले १ लाख १३ हजार ३६४ र राप्रपाले ६५ हजार ५४ मत पाएका छन् । मधेस प्रदेशमा पनि कुल ३६ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।
वाग्मती प्रदेशमा एमालेले ५ लाख ९४ हजार ५२१, कांग्रेसले ४ लाख ९४ हजार २६१, माओवादी २ लाख ८५ हजार २७६, राप्रपाले २ लाख ७५ हजार ५६२, नेमकिपाले ६८ हजार ७९६ र एकीकृत समाजवादीले ६८ हजार १०१ मत पाएका छन् । वाग्मतीमा कुल ४१ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।
गण्डकी प्रदेशमा एमालेले ३ लाख ६७ हजार ९८९, कांग्रेसले ३ लाख ४९ हजार ६२८, माओवादीले १ लाख १६ हजार ९४५, राप्रपाले ५९ हजार ४८३ र एकीकृत समाजवादीले १५ हजार ७६ मत पाएका छन् । गण्डकीमा कुल ३१ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।
लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्तिले १ लाख २५ हजार ५२१, जनमतले ८१ हजार ६०५, जसपाले ६० हजार ८८६ र एकीकृत समाजवादीले ४२ हजार ६२१ मत पाएका छन् । लुम्बिनीमा कुल ३२ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।
कर्णाली प्रदेशमा एमालेले १ लाख ७३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादीले १ लाख ३७ हजार ६२९, एकीकृत समाजवादी ३५ हजार ८२६ र राप्रपाले २५ हजार १८६ मत पाएका छन् । कर्णालीमा कुल २८ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।
सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ४८ हजार ८४०, कांग्रेसले २ लाख ४३ हजार २९, माओवादीले १ लाख १८ हजार ९०३, नागरिक उन्मुक्तिले ९८ हजार ५५४, राप्रपाले ४३ हजार ८०८ र एकीकृत समाजवादीले ४१ हजार ८३९ मत पाएका छन् । सुदूरपश्चिममा कुल ३४ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।