वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा कोभिड १९ विरुद्ध खोप अभियान संचालन गर्न जिल्ला स्तरिय समन्वय बैठक सम्पन्न भएको छ । IFRC को सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रको समन्वयमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले कोभिड १९ विरुद्ध खोप अभियान संचालन गर्न गइरहेको जानकारी बैठकमा गराइएको थियो ।
कोमिड १९ विरुद्ध खोप अभियान कार्यक्रम सम्बन्धि जिल्ला स्तरिय समन्वय बैठक नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति विरेन्द्र राज कँडेलको अध्यक्षतामा भएको बैठकमा नेरेसो मधेश प्रदेशका अध्यक्ष फूलमहम्मद मियाँ‚ पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद‚ विन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह‚ जिल्ला स्वास्थ कार्यालयका नि• प्रमुख विनोद झा‚ जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि गौरीशंकर गुप्ता‚ नेरेसो पर्सा शाखाका उपसभापति मधु राणा‚ उपमन्त्री साबिर अहम्मद एराज‚ एनजिओ फेडेरेसनका अध्यक्ष छठु साह लगायत कार्यक्रमसँग सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैठकको उद्देश्य माथि प्रकाश पार्दै सभापति कँडेलले खोपको कम कभरेज रहेको पालिकामा खोप अभियान संचालन गर्न नेपाल सरकार समेतको आग्रहमा नेरेसोले कार्यक्रम गर्न लागेकोमा सरोकारवाल सबैको सहयोग भए मात्र सफल हुने बताएका थिए । त्यसै गरि नेरेसोका मधेश प्रदेश अध्यक्ष मियाँले रेडक्रस सरकारको सहयोगी निकायको रुपमा सहयोग गर्दै आएकोमा यसै प्रकृतिको कार्यक्रम मधेश प्रदेशमा सिराहा र महोत्तरीमा समेत संचालन हुँदै गरेको सबैको सहयोग र समन्वय भएमा सफलता प्राप्त गर्न सकिने बताएका थिए । साथै बैठकमा सबैले आ आफ्नो धारणा र सुझाव दिएका थिए एवं सबैले कार्यक्रम सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पर्सा जिल्लाको पकाहा मैनपुर र विन्दवासिनी गाउँपालिकामा यहि डिसेम्बर १५ देखि ३० तारिखसम्म खोप अभियान संचालन गरिने छ ।
बैठक संचालन नेरेसो पर्सा शाखाका नि• प्रमुख विर शमसेर प्रसाद कुर्मीले गरेका थिए भने कार्यक्रम सम्बन्धि प्रस्तुति कार्यक्रमका फोकल पर्सन अजय कुमार यादवले गरेका थिए ।