वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिकाबाट नेपाली सेनाको टोलीले छापामारी गरि काठको गुलिया सहित एकजनालाई पक्राउ गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको मध्यवर्ती क्षेत्रमा पर्ने जिराभवानी गाउँपालिका वार्ड नम्बर १ पिपरामा रहेको जय मा जगदम्बा सामुदायिक बनका उपाध्यक्ष रामप्रबेश महतो कमकरलाई पर्सा राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षाबाट खटिएको सिद्दि बक्स गणका नेपाली सेनाको टोलिले उपाध्यक्ष कमकरको घर छापामारी गरी काठ गुलिया सहित उनलाई नियन्त्रणमा लिएको हो ।
उपाध्यक्ष कमकरले बिना इजाजत आफ्नै सामुदायिक बनबाट सिसौको रुख कटान गरी घरमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा तीन थान सिसौको गुलिया सहित उनलाइ पक्राउ गरिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पक्राउ परेका उपाध्यक्ष कमकर र काठको गुलिया सहित पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले बताए ।