वीरगन्ज ७ फागुन : ससमुदाय विकासमा युवाहरुको भूमिका एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एन .जि. ओ .सी.सीको सभाकक्षमा शिक्षाका लागि राष्ट्रि अभियान नेपाल जिल्ला समन्वय समिति पर्साको आयोजनमा २१ जनालाई तालिम दिएको छ । समुदाय विकासमा युवाहरुको भूमिका बारे तालिम दिएको हो ।
शिक्षाका लागि राष्ट्रि अभियान नेपाल जिल्ला समन्वय समिति पर्साको सयोजक रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विकासमा युवाले विभिन्न किसिमका भूमिका खेल्न सक्छन् प्रशिक्षकहरुले जोड दिएका थिए ।
युवाकै नेतृत्वबाट सामाजिक राजनैतिक आर्थिक तथा प्राविधिक विकास सम्भव हुन्छ भने अभिमुखिकरया कार्यक्रममा युवाहरुलाइ बताइएको थियो । एन .जि. ओ .सी.सी पर्साका अध्यक्ष इब्रहीम देवान , रामप्रवेश साह लगायत युवाहरुको उपस्थिति रहेको थियो ।