वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका वार्ड नम्बर ५ बटसौरामा रहेको श्री नेपाल रास्ट्रिय प्राथमिक बिधालयमा नयाँ भवनको लागि आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले पुजापाठ गरि शिलान्यास गर्नु भएको छ। गाउँपालिकाको सहयोगमा नेराप्राबी बटसौरामा चार कोठे ( दुई कोठे दुई तल्ले) भवन निर्माणको लागि आर्थिक वर्ष ०७९/८० मा बजेट छुट्याइएको थियो । सो बजेटबाट बटसौरामा बिधालय भवन निर्माण हुन लागेको गापा अध्यक्ष तिवारीले बताए । सिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु साह , लेखा अधिकृत मिथलेश कुशवाहा , प्राबिधिक शाखाका नागेन्द्र कुशवाहा , विशाल जैसवाल , प्रधानध्यापक ललन पाण्डे , शिक्षक प्रवेश तिवारी लगाएत धेरै जनाको सहभागिता रहेको थियो।