वीरगन्ज ११ फागुन : प्रदेश २ का प्रमुख डा।राजेश झा ‘अहिराज’ एक कार्यक्रममा सहभागी हुन मंगलबार बिहान जनकपुरबाट बाराको जितपुर जादै थिए ।
जितपुर जाने क्रममा चन्द्रपुर निजगढ सडकखण्डको जंगलमो मोटरसाइकल दुर्घटना हुँदा चारजना घाइते छटपटाइरहेका थिए ।
सडकमा घाइतेलाई देखेपछि प्रमुख झाले आफ्नो गाडी रोक्न लगाए र उद्धारमा खटिएका हुन् । उनीसँगै रहेका सुरक्षाकर्मी तथा कर्मचारलाई घाइते लान अर्को गाडी रोक्न लगाएर घाइतेको उद्धार गरेका हुन् । उनले आफ्नो सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मी घाइतेको साथ अस्पतालसम्म पठाए ।
ना ५६ प ७३६५ र बिआर ३० जे ९३९७ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका हुन् । घाइतेको चन्द्रनिगाहपुरमा भइरहको छ ।