वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका स्थित रहेको एक सामुदायिक विद्यालयमा पठन पाठन नै नगराई परीक्षा लिएको पाइएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा डकैला बहुअरीले पठनपाठन नै नगराई परीक्षा लिएको पाइएको हो ।
पर्साको सबै सामुदायिक विद्यालयहरुमा अहिले अर्धबार्षिक परिक्षा चलिरहेको समयमै यस्तोे रहस्यको खुलासा भएको हो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा डकैला बहुअरीका कक्षा १० अध्यनरत अधिकाँश बिधार्थीहरुले स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षाको उतर पुस्तिकामा पढाई भएको छैन’ भनि लेखेको पाईएपछि यस्तो रहस्य बाहिर आएको हो र यस्तो लेखिएको कुरा बाहिर आएपछि स्थानीय नेता तथा बासिन्दाहरुद्वारा सामाजिक सञ्जालमा पनि चर्को बिरोध भएको छ ।
सोही क्रममा धेरै जना बिधार्थीले आफनो उतर पुस्तिकामा सो कुरा लेखेको फाटो अहिले सामाजिक संजालमा भाईरल भएको छ । उक्त फोटोले नै बहुदरमाई नगरपालिकाको शिक्षाको अवस्था कस्तो स्तरमा छ भन्ने कुरा पुष्टि गरेको छ । यस बारे बहुदरमाई नगरपालिका नगरप्रमुख सिंगासन सा तेली सँग बुजदा,एक महिना पहिलानै स्वास्थ्य तथा जनसंख्या विषयको शिक्षिकाको सरुवा भएर गएको हुनाले यस्तो भएको बताउनुभयो । स्थानीय तहमा सरकारले शिक्षाको सम्पुर्ण अधिकार दिएपछि शिक्षाको बिकाश हुनुको सटा बहुदरमाई नगरपालिकामा शिक्षाको बिनाश भईरहेको बेला मेयर तेलीले सुधारको लागि ध्यान नदिएको स्थानीय अभिभावकहरु बताउँछन ।
मेयर लगायतका जनप्रतिनधी तथा नगरपालिकाका कर्मचारीहरुका लापारवाहीका कारण बहुदरमाई नगरपालिकाको शिक्षाको अवस्था ध्वस्त भईसकेको अभिभावकहरु गुनासो गर्छन । जसको उदाहरणको रुपमा नगरपालिकामा रहेको अधिकाँश विद्यालय को अवस्था दिनप्रतिदिन खराब हुदै जानु हो ।
ती बिधालयहरुमा कतै शिक्षक छैनन त कतै राम्रो पढाई हुदैन भने कुनै बिधालयमा भौतिक पुर्बाधारको कमि लगायत हो ।यस नगरपालिकाका बिधालयका शिक्षकहरु बिभिन्न राजनितीक दलमा आबद्ध भएका र मेयर लगायतका जनप्रतिनिधीका आसेपासे रहेका छन ।
उनीहरु बिधालयमा पढाउनु भन्दा पनि बढी राजनितीक गर्नमा ब्यस्त हुदा बिधार्थीहरुको भबिष्य अन्धकार हुदै गएको छ ।राजनितीकै कारणले शिक्षाको अवस्था ध्वस्त हुदा नगरपालिकामा रहेका बिधालयमा बिधार्थीहरुले तालाबन्दि गर्नुका साथै शिक्षकलाई समेत बेला बेलामा घेराबन्दि गर्दै आएका छन । शिक्षाको सुधारको लागि बिधार्थीहरुले थ्प्रै पटक बिधार्थीहरुले नगरपालिकामा नै पुगेर आन्दोलन गरेपनि हालसम्म नगरपालिकाले कुनै किसिमको उपलबिध नभएको स्थानीयबासी बताउँछन ।
बिगतमा श्री भंगी साह उच्च मावि मा शिक्षककै विषय लाई लिएर ताला बन्दी समेत गरीएको भएपनि नगरपालिकाले खासै चासो नदिएको स्थानीय एवम् एमालेका नेता शिव पटेलले बताउनु भयो ।
उनले स्थानीय सरकारको मातहतमा रहेको शिक्षाको अवस्था दयनिय हुनुमा जनप्रतिनिधीहरु नै मुख्य दोषी भएको जिकिर गर्नु भयो । पटेलले जनप्रतिनिधीहरुको बजेट भागबण्डामा मात्रै सिमित हुनु र आफनो स्वार्थ परिपुर्ति गर्ने तर्फ मात्रै ध्यान दिएकोले नगरको शिक्षा क्षेत्र ध्वस्त बन्न पुगेको जानकारी दिए ।