वीरगन्ज १३ फागुन : राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यमा पर्सा जिल्लाबाट ४ जना युवा नेताहरुलाई मनोनित गरेको छ । प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वका नेकपाको राष्ट्रिययुवा संघ नेपालका केन्द्रीय सदस्यमा पर्सा जिल्लाबाट ४ जना युवा नेताहरुलाई मनोनित गरेको हो। संघका केन्द्रीय सदस्यमा मनोनित भएकामा युवा नेता तथा रास्ट्रीय युवा संघ नेपाल का जिल्ला अध्यक्ष महम्मद निजामुदिन (निजाम) , रबि गुप्ता , महम्मद मेराजुदिन (मेराज) र चन्दन गुप्ता रहेका छन् ।
मंगलबार राष्ट्रिय युवा संघको केन्द्रीय कार्यसमितिको बैठकमा निर्णय भए अनुसार उनीहरुलाई संघका केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।