वीरगन्ज १६ फागुन : पोखरिया युवा समाजले आज बिपन्न परिवारकी एक छोरीको बिहेको लागि २१ हजार बराबर खधान्न सामाग्री सहयोग गरेको छ । समाजले पोखरिया नगरपालिका वडा नं १ बन्काट्वा घर भएको अच्छेलाला पास्वानको छोरीको बिहेको लागि सो रकम बराबरको खधान्न सामाग्री सहयोग गरेका हुन । सहयोग बापत चामल, दाल, चिनी, आलु, प्याज, रिफाइन र सर्सोको तेल, मैदा, बेसन, पता, गिलास, कपडा, भाडा र श्रीङारको समान सहयोग गरेका छन् । पोखरिया युवा समाजले उक्त रकम सहयोग गर्नुहुने ज्ञयान्द्रा मिश्र , अजय पटेल , रामराज चौरशिया, नौसाद आलम , मनिर आलाम , धर्मेस्वर गिरि लगायतलाई धन्यवाद दिएका छन् ।