वीरगन्ज १८ फागुन : नेपाल सेपाक ताक्रो संघको पर्सा जिल्ला कमिटी आज गठन भएको छ । संघका केन्द्रिय सदस्य सिता सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले महादेव शर्माको अध्यक्षतामा ११ सदसीय पर्सा जिल्ला कमिटी गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा नजुदिन मियाँ, सचिवमा राकेश साह गोढ,कोषाध्यक्ष जयशंकर चौरसिया, सदस्यहरुमा राजन साह, रामकुमार पटेल, संदिप महतो, सोजाहिर अंसारी,नितेश वर्णवाल,अरुण कुशवाहा र भोला यादव रहेका छन । बैठकमा संघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र थापा मगरले सेपाक ताक्रो(किक भलिबल) खेलको बारे चर्चा गर्नुभएको थियो । बैठकमा संघका महासचिव गंगा बहादुर गुरुङ्ग,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,ईकोनोमिक जर्नालिष्ट एशोसिएसनका अध्यक्ष बिजय कुशवाहा, नेकपा जिल्ला कमिटी सदस्य संजिव मिश्रा, बाल संगठन पर्साका अध्यक्ष रामकिसोर सिंह पराग, सचिव हेमन्त तमाङ्ग, ओविसि पर्सा अध्यक्ष अकलेश साह लगायतको उपस्थिती रहेको थियो ।