

वीरगन्ज २० फागुन : वीरगन्ज २० फागुन : पर्साको बिन्दवासिनी र जिराभवानी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक बिधालयहरुलाई आज एक कार्यक्रम बिच टैबलेट तथा शैक्षिक सामग्री बितरण ग रिएको छ।बिन्दवासिनी गापाको १४ वटा तथा जिराभवानी गापाको २२ वटा सामुदायिक बिधालयमा बितरण गरिएको हो । नेपाल सरकार र युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम(२९भ्न्च्ए(द्द० को सहकार्यमा कोभिड(१९को माहामारी को संकटकालिन अवस्थामा कक्षा १देखि ३ सम्मका बालबालिकाहरुको पढाई पूरा नभएका कारण बालबालिकाहरुमा पर्न गएको शैक्षिक क्षति पूरा गर्नको लागि सामुदायिक स्तरीय शिक्षण सिकाइ कार्यक्रम अन्तर्गत हरेक बिधालयमा संचालित गृह बिधालयहरुमा पढाउने शिक्षकहरुका लागि ६ वटा टैबलेट तथा बिधार्थिहरुको लागि लेखन सामग्रीहरु वितरण गरिएको हो।कोरोना महामारीका कारण बालबालिकाहरुको प्रभावित शैक्षिक स्तर सुधार गर्न तथा पठन अवस्था सुधार गर्न समेत मदत गर्ने भएकोले यो कार्यक्रमलाई प्रभावकारी बनाउन प्रअ,विव्यस, अभिस,शिक्षक,बिद्यार्थी तथा अभिभावकहरुको अपरिहार्य रहेकोले सबैजना ईमानदारिताका साथ आ(आफ्नो जिम्मेवारी वहन गर्दै कार्यक्रम सफल बनाउन समेत आग्रह गर्नु भयो । बिन्दवासिनी गाउँपालिकाको शिक्षा शाखामा आयोजित वितरण कार्यक्रममा शिक्षा प्रमुख कपिल लामिछाने,भ्न्च्ए पर्साको तर्फबाट मित्रदेव यादव , १४ वटै बिधालयका प्र।अ ,आरटी आईको कर्मचारी,शिक्षक महासंघका अध्यक्ष धर्मेन्द्र चौबे तथा शिक्षकहरुको सभागिता रहेको थियो ।