वीरगन्ज २० फागुन : प्रस्तावित चलचित्र पत्रकार संघ नेपाल पर्सा गठन कार्यक्रममा समपन्न भएको छ। निलिमा पौडेलको अध्यक्षता तथा चलचित्र पत्रकार संघका केन्द्रीय महासचिव समीर बलामीको प्रमुख आतिथ्यमा सो भेला समपन्न भएको हो। भेलाले निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्य चलचित्र पत्रकार संघ पर्सा गठन गरिएको छ।उपाध्यक्ष बिवेक कर्ण,सचिव सुर्य वि,क,सहसचिव प्रयण साह,कोषाध्यक्ष समिना रन्जिकार र सदस्यहरु रश्मि राजभण्डारी ,सोनम गौतम,जया यादव,रन्जित यादव,एजल चौधरी,शम्भु सुमन रहेका छन।भेलामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा उपाध्यक्ष अनुप तिवारी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश २ का इन्चार्ज निरज पिठाकोटेमगर,बानका प्रदेश २ का अध्यक्ष आरसि यादव चलचित्र निर्णमाता एवम् होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष हरि पन्त लगायतले आ,आफ्नो धारण एवम् शुभकामना दिनुभएको थियो ।