वीरगन्ज २० फागुन ःसमुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज ग्रिन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरले आज ८० वटा प्रजातिका बिरुवा ब्रक्षारोपण गरिएको छ।जय प्रकाश खेतानको अध्यक्षता तथा बीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सो ब्रक्षारोपण गरिएको हो आर्दशनगर स्थित राष्ट्रबैंकको उतरपति ब्रक्षारोपण गरिएको थियो। ब्रक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ ,प्रहरी उपरीक्षक बेल बहादुर पान्डे,सिमासुरक्षा बलका प्रहरी उपरीक्षक राजेन्द्र खड्का,डिएसपी ओम प्रकाश खनाल,सिमा सुरक्षा बलका दिपेन्द्र थापा,वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह लगायतको उपस्थित रहेको थियो ।