वीरगञ्ज, २१ फागुन : आज ब्रहमकुमारी राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय वीरगञ्जले ८५ औँ शिवरात्री पर्वको अवसर पारेर बारा, पर्सा, रौतहटका तीन दर्जन पत्रकारहरुलाई सम्मान गरेको छ । प्रदेश सरकारले उद्योग वाणिज्य वन तथा पर्यटन मन्त्री रामनरेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य ज्वाला साह, नेपाली काँग्रेसका नेता शोभाकर पराजुली, पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, प्रदेश पत्रकार महासंघका सचिव गुरु गौत्तम, ब्रहमकुमारी रबिना, ब्रहमकुमार राम सिंह लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।