वीरगञ्ज, २१ फागुन : वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोला र पर्सागढी नगरपालिकाको सिंघाही खोलाको उत्खनन शुरु भएको छ । ठेक्का लागेर खोला उत्खनन् हुँदै आएकोमा ठेक्का सकार गर्दा मापदण्ड विपरीत काम भएको भन्दै जिल्ला अनुगमन समितिले माघ २० गते दुवै खोलाको उत्खनन् रोकेको थियो । जिल्ला अनुगमन समिती, पर्साका संयोजक नेक महम्मद अन्सारीले कार्यविधि बनाएर खोलाको उत्खनन मापदण्ड अनुसार गर्न निर्देशन दिएको र सोही अनुरुप वीरगञ्ज महानगर–३१ भेडाहा खोला एक साता अगाडि र पर्सागढी नगरपालिका अन्तर्गत सिंघाही खोला दुई दिन अघि सञ्चालनमा आएको बताए ।