पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।
दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।
उनले अहिलेसम्म ३० वटा शव निकालेर अस्पताल पुर्याइसकेको र ३४ वटा शव खोंचमा भेटिएको बताए । खोँचमा भेटिएको शव निकाल्न प्रयास गरिरहेका उनले बताए ।
मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए।अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए।आइतबार बिहान ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेको विमान पोखरामा दुर्घटना ग्रस्त भएको हो ।