वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा सञ्चालित क्यासिनोहरु अपराधको अखाडा बन्दै गएको छ । सञ्चालनमा रहेका चारवटा क्यासिनोमा विदेशी पर्यटक भन्दा पनि नेपालीहरुको भीड हुने गरेकोले पनि क्यासिनोहरु अपराधिक स्थल बन्दै गएको हो ।वीरगञ्जको होटल भिषवा र सुरजमा लगभग एक दशक देखि मिनी क्यासिनो सञ्चालन हुँदै आएको छ भने दियालो लड्स र होटल कलार्कमा केही महिना देखि क्यासिनो संचालन सुरु भएको छ । पर्सा प्रहरीले तास जुवामा कडाइ गरेपछि स्थानीय जुवाडेकोहरुको लागि क्यासिनोहरु सुरक्षित स्थल बनेका छन् । मुख्य रुपमा वीरगञ्जको केन्द्रमा रहेको होटल सुरज र होटल दियालो लड्समा रहेको किँग्स क्यासिनोमा स्थानीय जुवाडेहरुले एक दिनमा लाखौ रुपैयाँ हार्ने गरेको छपकैयाका एक जुवाडेले बताए । उनले भने ‘वीरगञ्जका तस्कर देखि व्यापारीहरु म्यारेज र प्mलास खेल्न किँग्स क्यासिनोमै पुग्ने गरेका छन् ।’ एउटा टेबुलमा ६ जना खेलाडीहरुले प्रति राउण्ड एक–एक गरी ६वटा क्वाइन्स बोर्ड तिर्नु पर्ने हुन्छ ,सो अनुसार एक राउण्डको म्यारेज खेलमा २ हजार बोर्ड लाग्ने गरेको छ । प्रत्येक दिन ७ देखि १० लाखसम्म उक्त क्यासिनोको आम्दानी हुने गरेको बताइन्छ । आफूहरु आइडी प्रुफ हेरेर विदेशी भए मात्र क्यासिनोमा प्रवेश गर्न दिएको किँग्स क्यासिनोका एक सञ्चालकले बताए । उनले भने,‘नेपाली भए पनि उनीहरु भारतीय आधार कार्ड लिएर आउने गरेका छन् । किँग्स क्यासिनामा नेपालीहरुको प्रवेश बढेको खबर आफूले पनि पाएको र केही दिन अगाडि विर्ता वडा प्रहरी कार्यालय र जिल्लाको संयुक्त टोलीले छापा हानेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । तर, राति८बजे तिर गरेको छापामारीमा एक जना नेपाली मात्र फेलापरेको र उनले पनि भारतीय आधार कार्ड प्रयोग गरको प्रहरी उपरीक्षक शाहले स्पष्ट पारे । क्यासिनो नियमावली २०७० को संशोधित २०७६ अन्तर्गतको मापदण्ड पूरा नगरी अवैध रुपमा वीरगञ्जका कतिपय क्यासिनो सञ्चालन गर्दै आएको आरोप समेत लागेको छ । पूर्वमन्त्री देखि ठूला राजनेता तथा पहँुचवालाहरुले क्यासिनो संचालन गरेको कारण पनि स्थानीय प्रशासनले चाहेर पनि केही गर्न नसक्ने वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष आशुतोष चतुर्वेदीको भनाइ छ । उनले भने,‘किँग्स क्यासिनो वाहेकका अधिकांश क्यासिनोहरु पहुँच र मिलिजुली रुपमा चलिरहेका छन । क्यासिनो नियमावली अनुसार ५ किलोमिटर भित्र एक भन्दा बढी क्यासिनो संचालन गर्न निषेध छ ।

