वीरगञ्ज । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको छ ।
बैठकले उखुको मूल्य प्रति क्वीन्टल ५४० रुपैयाँ तोकेको हो । नयाँ विस्तारपछिको यो पहिलो बैठक हो ।
त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
यस्तै, मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने समेत निर्णय गरेको पौडेलले बताए ।