वीरगन्ज २६ फागुन : महाशिवरात्रीको शुभ अवसरमा आज पोखरिया युवा क्लब द्वारा पोखरिया नगरपालिका वडा नं ४ स्थित शिव मन्दिर तथा यस बजारका विभिन्न चौक चौराहा लगायतका ठाउँमा सरसफाइ कार्यक्रम गरियो । सो कार्यक्रम पोखरिया युवा क्लबका अध्यक्ष अफरोज आलमको सभापतित्वमा भएको कार्यक्रममा सहभागी भई साथ दिने तथा पोखरिया युवा कल्बका सम्पुर्ण पदाधिकारी, सल्लाहकारहरु ,नगरप्रमुख, उप्रमुख, स्थानिय बुद्धिजीवी, विभिन्न पार्टी गणका नेता , ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक दिपक थापा ,सशस्त्र बेस क्याम्पका प्रहरी निरीक्षक र पत्रकारहरु लगाएतको उपस्थिति रहेको थियो । यसैबिच, यो वर्ष मास्क नलगाउने भक्तजनहरुलाई पशुपतिनाथको दर्शनमा रोक लगाइने भएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको हो । यस्तै भोलि परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीब्र पारेको छ । शिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथको मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने कोषले जनाएको छ ।