वीरगञ्ज । मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि आज बहुदरमाई नगरपालिकामा छलफल भएको छ । बहुदरमाई नगरपालिका वडा नं २ स्थित पिपरा टोलमा रहेको बहुदरमाई मन्दिर प्रगणमा छलफल भएको हो ।
बहुदरमाई नगरपालिकामा आज बोलाइएको सर्वदलिय बैठकबाट मधेस विश्वविद्यालयको शाखा सन्चालनका २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा उपलब्ध गराउन सहमति भएको मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यले बताए ।
शाक्यले एउटा शाखा सन्चालनका लागि बहुदरमाई नगरपालिका वडा नं २ स्थित पिपरा टोलमा रहेका जग्गा उपयुक्त रहेको वीरगञ्जबाट नजिक रहेको हुँदा चाडैनै प्रकृया पुरा गरि काम अगाडी बढाउने बताए ।
बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेली को अध्यक्षतामा बोलाइएको सर्वदलिय बैठकबाट मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि सहमति भएको वडा नंबर २ अध्यक्ष जितेन्द्र पटेलले बताउनु भयो ।
यस अघि पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं २ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्नु पर्ने भन्दै त्यहाँ पनि अनुगमन गरिएको छ । सञ्चारकर्मी बिन्दूभुषण साहको पहल र कृष्णा कुशवाहाको अगुवाइमा भएको युवाहरुको भेलाले कट्टी मठकै जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको हो ।
मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्रीराम जानकी मन्दिरको नाममा रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै युवाहरु जागरुक भए पछि विश्व विद्यालयको टोलीले उक्त जग्गाको अनुगमन गरेको थियो ।
अनुगमन पछि त्यहाँ कृषि र इन्जिन्यारिङ्ग शाखाको लागि उपयुक्त भएको भन्दै त्यहाँ उक्त शाखाको विश्व विद्यालय बनाईने मधेस विश्व विद्यालयको उपकुलपति डा दीपक शाक्यले प्रतिबद्धता समेत गरेका थिए ।