वीरगन्ज — नेकपा एमालेका स्थानिय नेता धामु शर्माले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरिएको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन् । सामाजिक सञ्जालमा धामु शर्मालाई पार्टी कै केही कार्यकर्ताहरुको इसारामा केही अनलाईन मिडियाहरुले उनले मदिरा भट्टी संचालन गरेको भन्दै उनको फोटो राखी समाचार सम्प्रेषण गरेकोमा उनको चरित्र हत्या भएको आरोप लगाएका छन् ।
शर्माले उक्त मदिरा भट्टीको संचालक आफु नभएको साथै मदिरा भट्टीसंग मेरो कुनै सम्बन्ध नरहेको कुरा प्रस्ट पारेका छन् । पार्टी कै केही व्यक्तिहरूले मैले मदिरा भट्टी सञ्चालन गरेको भन्दै झुटो प्रचार गरेको भन्दै उनले आपत्ति पनि जनाएका छन् ।
उनले भनेका छन् ‘सामाजिक सञ्जालको दुरूपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरूलाई कानुनी कारबाही दायरामा ल्याउन लागेको छु । तत्काल प्रेस काउन्सिलमा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने समेत बताउनु भयो ।’
आफ्नो राजनीतिक चरित्र हत्या हुने गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रचारबाजी गरिएको भन्दै उनले दुःखेसो पोखे ।
एमाले प्रवेश गरेदेखि नै शर्माले आफ्नो बारेमा मिथ्या प्रचारबाजी गरेर आम जनमानसमा भ्रम स्थापित गराएर आफ्नो बदनामी हुने अवस्था सिर्जना भएको बताए ।
उनी नेकपा एमालेबाट स्थानिय चुनावमा पकाहा मैनपुर गाउँपालिका को वडा नं ४ बाट वडा अध्यक्ष पदका उम्मेदवार पनि थिए ।