वीरगञ्ज, २६ फागुन : ८५औं त्रिमूर्ति शिवजयन्तीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जले ओमशान्ति भवन विर्तामा शुभकामना आदानप्रदान तथा झन्डोत्तोलन कार्यक्रम गरेको छ । वीरगञ्ज महानगरपालिका नगरप्रमुख विजयकुमार सरावगीले झन्डोत्तोलन गर्दै केक काटेर शुभकामना आदानप्रदानको उद्घाटन गरेका थिए । नगरप्रमुख सरावगीले भगवान् शिव धर्तीमा अवतरित भएर विद्यमान कलियुगी दुःखमय संसारलाई सत्ययुगी संसारमा परिणत गर्न महान अलौकिक कर्तव्य गर्दै आइरहेको ८४ वर्ष पूरा भई ८५ औं वसन्तमा प्रवेश गरेको बताए । उनले अध्यात्मिक ज्ञान र योगबाट नै ईश्वरीय सान्निध्यता प्राप्त भई कार्य गर्न सफलता पुग्ने बताए । कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजका प्रमुख सञ्चालिका रविना दिदीको अध्यक्षतामा भएको थियो ।