वीरगन्ज । बिन्दबासिनी गाउँपालिकाले आज एक कार्यक्रमका बिच एक जना विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि प्रोत्साहन स्वरूप छात्रवृत्ति उपलब्ध गराएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले एमबिबिएस अध्ययनका लागि छनौट भएका अभय चौरसियालाई गाउँपालिका तर्फबाट प्रोत्साहन स्वरूप ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह , लेखा अधिकृत मिथलेश कुशवाहा लगाएतको उपस्थिति रहेको थियो।