

वीरगन्ज २७ फागुन : नेकपा एमाले २०७५ जेठ २ को अवस्थाबाट अघि बढ्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताउनु भएको छ । वीरगंज स्थित होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले एमाले पार्टीलाई एकता हुनु अघि २०७५ जेठ २ को अवस्थाबाट अघि बढाइने बताउनुभयो । उहाँले माओवादी केन्द्रबाट आएका नेतालाई सम्मानजन व्यवस्थापन गरि बिगतका कमीकमजोरीलाई समिक्षा गरी एमालेलाई अगाडी बढाईने बताउनुभयो ।
पत्रकारहरुको प्रश्नमा उपप्रधानमन्त्री पोखरेलले माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकराले अन्य दलहरु संग सहकार्य गरेर अघि बढने बताउनुभयो । दलहरु बिच पनि सहकार्य हुन नसके देश मध्यावधि निर्वाचनमा जाने पोखरेलले बताउनुभयो ।
एक फरक प्रश्नको जवाफमा पोखरेलले देशमा कोभिडको प्रकोप कम भइरहेकोले अब छिटैनै जिल्ला कोभिड नियन्त्रण समितीसंग समन्वय गरि पुर्ण रुपमा सिमा नाका खुल्ला गर्न गृहमन्त्रालयलाई पहल गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले वीरगंज पथलैया छ लेनको सडक खण्डको काम तिव्र गतिमा अगाडि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो । उहाँले पर्सा जिल्लामा बिकाश निर्माणको काममा भइरहेको ढिलासुस्ती बारे चिन्ता व्यक्त गर्दै तत्काल काम सुचारु गराउन सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रेस संगठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेल, संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु,प्रधुमन चौहान, केन्द्रिय सदस्य निर्मला देवकोटा,बसरुदिन अंसारी,अच्युत मैनाली,विश्वमभर शर्मा,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजार,प्रेस संगठन प्रदेश २ का संयोजक लालबाबु शेख, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने,पत्रकार महेश दास, छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ता,नारायणी अस्पतालका अध्यक्ष पुरेन्द्रकिसोर लाभ, नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी लगायतको उपस्थिती रहेको थियोे । कार्यक्रममो सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले गर्नुभएको थियो ।