वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह को प्रमुख अतिथव मा र प्रदेश सभा सदस्य लालबाबु राउत गदी र वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम को विशिष्ठ अतिथिव मा त्रिभुवन विश्वविधालय चिकित्सा शास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ्ग क्याम्पसको ४७ औं वार्षिकोत्सव समारोह भब्यताका साथ सम्पन्न भएको छ । मन्तब्यको क्रममा उप प्रमुख इम्तियाज आलम ले क्याम्पसमा जिर्ण अवस्थामा रहेको बाटो मर्मत गर्ने र क्याम्पसको शैक्षिक अवस्थामा सुधार ल्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । कार्यक्रममा क्याम्पसले आयोजना गरेको विभिन्न किसिमका प्रतियोगितामा भाग लिने विधार्थीहरुलाई पुरस्कार दिनुका साथै कोरोना कालमा योगदान दिने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अतिथीको रुपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक उपरिक्षक निर्मल बुढाथोकी,वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया,वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक विसाल मल्ल लगायत स्थानिय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।