रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं.५ को छठ घाट पोखरी स्थित संचालनमा रहेको फूलतारा डेरी उद्योगबाट १० क्विन्टल मासुको बोसो र केमिकल प्रहरीले बरामद गरेको छ ।
राजपुर नगरपालिका वडा नं.१ पिपरा भगवानपुर निवासी डेरीका संचालक शेख अली महम्मदलाई प्रहरीले पक्राउ गरेको हो ।भारतबाट केमिकल र बोसो ल्याई मसिनको प्रयोगबाट घ्यू र दूध उत्पादन ग़री बेच्ने गरेको पाइएको छ ।
रौतहटको राजपुर नगरपालिकाका मो.मतीउल्लाहले गौरमा विगत ४ वर्ष देखि फुलतारा डेरी उद्योग नामक दूधको पसल संचालन गर्दै आईरहेको र भारतबाट केमिकल ल्याई केमिकलको प्रयोगबाट मसीनले दूध उत्पादन ग़री मिक्स दूध बेचबिखन गर्दै आईरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयको संयुक्त रूपमा खटिएको टोलीले रंगे हाथ पक्राउ गरिएको र सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।