वीरगञ्ज, २७ फागुन : पर्साको राष्ट्रिय बनबाट काठ सहित चारजना तस्करलाई वनकर्मीले पक्राउ गरेका छन । साइकलमा काठ राखेर तस्करी गर्ने क्रममा गएराती सब डिभिजन वन कार्यालय बढनिहारको टोलीले काठ सहित चारजना काठ तस्कर र चारवटा साइकल नियन्त्रणमा लिएको जमदार अर्जुन चौधरीले बताए । पर्सागढी नगरपालिकाको वडा नं २ गोडपसराबाट पाचथान सालको काठ, चारवटा साइकल सहित चारजना पक्राउ गरेको जमदार चौधरीले बताए । पक्राउ पर्नेहरु पर्सागढि नगरपालिका वडा नं. ५ का दुखी राम, बजरी राय, गोकुल राय भर, बिरिन्द्र रायभर भएको जमदार चौधरीले बताए । पक्राउ परेका चारजनालाई डिभिजन वन कार्यालय पर्सा वीरगंज पठाइएको छ ।