वीरगंज । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले पर्सा जिल्लाका १४ वटा पालिकामा पुस मसान्तसम्म दुई अर्ब २६ करोड ५० लाख २२ हजार रकम निकासा भइसकेको जनाएको छ ।
१४ वटा पालिकाको लागि चालू आवको असार मसान्तसम्म पाँच अर्ब ४२ करोड ३५ लाख ८० हजार रकम विनियोजन भएकामा छ महीनामा दुई अर्ब २६ करोड ५० लाख २२ हजार रकम निकासा भइसकेको जनाएको छ । वीरगंज महानगरपालिकाको लागि समानीकरण र सशर्त बजेट अन्तर्गत एक अर्ब ४९ करोड ६२ लाख रकम विनियोजन भएको र त्यसमध्ये ६२ करोड एक लाख ७१ हजार रकम निकासा भइसकेको जनाएको छ ।
यसैगरी, पोखरिया नगरपालिकाको लागि समानीकरण र सशर्त बजेट अन्तर्गत ३६ करोड १४ लाख ५० हजार विनियोजन भएकोमा १४ करोड ९० लाख ८७ हजार निकासा भइसकेको छ भने पर्सागढी नगरपालिकाको लागि ३३ करोड ३२ लाख ५० हजार बजेट विनियोजन भएकोमा १४ करोड २९ लाख ७४ हजार निकासा भइसकेको छ ।
बहुदरमाई नपाको लागि ३८ करोड ७४ लाख बजेट विनियोजन भएकोमा १६ करोड तीन लाख ६० हजार निकासा भएको कोलेनिकाले जनाएको छ । यसैगरी, दशवटा गाउँपालिकामध्ये विन्ध्यवासिनी गापाको लागि समानीकरण र सशर्त बजेट अन्तर्गत २५ करोड ८४ लाख ५० हजार रकम विनियोजन भएकोमा ११ करोड छ लाख १० हजार, पकाहामैनपुरको लागि २२ करोड ४९ लाखमध्ये नौ करोड ५८ लाख ७२ हजार, धोबिनी गापाको लागि २३ करोड ९९ लाख ५० हजारमध्ये १० करोड दुई लाख २५ हजार, छिपहरमाई गापाको लागि २९ करोड ८४ लाखमध्ये १३ करोड ४१ लाख ६७ हजार, पटेर्वासुगौली गापाको लागि २९ करोड ६० लाख ९० हजारमध्ये १० करोड ९७ लाख ५० हजार, जगरनाथपुर गापाको लागि ३२ करोड ३५ लाख ४० हजारमध्ये १४ करोड ६६ लाख ९० हजार, कालिकामाई गापाको लागि २३ करोड ८४ लाख ५० हजारमध्ये १० करोड १६ लाख ४० हजार, सखुवाप्रसौनी गापाको लागि ३५ करोड १६ लाखमध्ये १४ करोड ३४ लाख ७५ हजार, ठोरी गापाको लागि ३४ करोड ६२ लाख ५० हजारमध्ये १४ करोड ७१ लाख ४० हजार र जीराभवानी गापाको लागि २६ करोड ७६ लाख ५० हजारमध्ये १० करोड २८ लाख ६० हजार निकासा भइसकेको कोलेनिकाले जनाएको छ ।