वीरगन्ज । नेपाल भोपजुरी समाजले वीरगञ्जको पिपरामा रहेको नृसिंह मा.बिमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले बिध्यार्थीहरुलार्ई प्रशिक्षण दिनु भएको हो । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, बिध्यालयका प्र.अ बिनोद मेहता, संचारकर्मी संजय गुप्ता, राज कुमार सरार्फ, त्रिलोकी पटेलको पनि सहभागीता रहेको थियो ।
मधेशमा बजाईने डिजे, नराम्रा तथा दुई अर्थ लाग्ने शख्दको गितले समाजमा नाकारात्मक असर परिरहेको बारेमा बिध्यालयबाटै सचेतना अभियान संचालन गरिएकोसल्ललाहाकार मनोज कुमार मिश्रले बताउनु भयो । कार्यक्रममा बिध्यार्थीहरुको जिज्ञासालाई पनि सम्बोधन गरिएको थियो । उनिहरुले जानि रखेका लोक गित संगितको बारेमा पनि चर्चा भएको बताईएको छ । समाजले प्रत्येक हप्ताको शुक्रबार हरेका सामुदायिक बिध्यालयमा गई सचेतना अभियान संचालन गर्ने सचिव राजेन्द्र सिंह राजपुतले बताएका छन् ।