सेढवा । पर्साको सुरक्षा निकायका अधिकारीहरुले जगरनाथपुर गाउपालिका वडा नं १ मा रहेका सिमा स्थम्भहरुको अवलोकन गरेका छन। अधिकारीहरुले नेपाल भारतको सिमामा रहेका ओरिया खोलामा भेटिएका सिमा स्थम्बको अवलोकन गरेका छन। खोलामा केही दिन अगाडी सो खोलामा ४२२ र ४२२/१ नम्बरको सिमा स्थम्ब बालुवाले पुरिएको अवस्थामा भेटिएका थिए। भारतीय पक्षले टेन्डर गरी सो खोलाको टेन्डर गरी नदिजन्य पदार्थ उत्खखन गरिरहेको हुदा उत्खखन कार्य बन्द गर्न नेपालका सुरक्षा अधिकारीहरुले बताएका छन। तर भारतीय एस एस बीका अधिकारीहरु उपस्थित नभएकाले भोलीसम्म उच्च अधिकारीहरुसंग छलफल गरी उत्खखन गर्ने वा नगर्ने एस एस बीले जनाएका गापा अध्यक्ष श्रीकान्त यादवले बताए। सो टोलीमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,पर्सा प्रहरी उपरिक्षक कोमल साह , शस्त्र प्रहरी उपरिक्षक सुमन थपलीया ,प्रहरी अधिकृत किशोर अचार्य , वडा अध्यक्ष लक्ष्मी साह , शसुभाष यादवको सहभागिता रहेका थिए।