रामजी यादव


वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त टोली द्वारा बिन्दवासनी चौक र बहुअर्वा चौकमा मोटरसाईकल चेकजाँचमा कडाई गरेको छ।ग्रामिण क्षेत्र बिन्दवासनी चौक तथा बहुअर्वा चौकमा मोटरसाईकल चेकजाँको क्रममा पचास भन्दा बढी मोटरसाइकललाई पक्राउ गरि कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक ध्रुव प्रसाद दाहालले बताउनु भयो।बीरगंज महानगरपालिकाको बिन्दबासिनी र बीन्दवासनी गाउँ पालिकाको बहुअर्वा चौकको सडक पेटीमा ग्रामिण क्षेत्रबाट सडक पेटीमा अटेर गरि हेलमेट प्रयोग नगरी मोटरसाईकल चलाईरहेको अवस्थामा साथै ब्लुबुक तथा चालक अनुमति पत्र नभएकालाई ट्राफिक प्रहरी कार्यालय पर्साले जरिवाना गरि छोडेको र केहीलाई करवाही गरिएको प्रहरी निरिक्षक दाहालले बताउनु भयो।जिल्ला प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्सा द्वारा खटिएको सयुक्त टोलीले चेकजाँचको क्रममा पक्राउ परेको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट बीन्दवासनी र स्थाई प्रहरी चौकी बहुअर्वाले नियणत्रणमा रहेकोलाई पाच सय र हजारको दरले जरिवाना गरि छाडने ट्राफिक प्रहरी निरीक्षक ध्रुव प्रसाद दाहालले जानकारी दिनु भयो।पर्सामा मोटरसाइकल दुर्घटनामा बृद्धि हुने भएकोले त्यसलाई नियणत्रण गर्न र ट्राफिक नियमको पालना गर्न र गराउने उदेश्यले ट्राफिक प्रहरी कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोली ग्रामिण क्षेत्रमा मोटरसाईकल तथा चारपाङग्रेको चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरी निरिक्षक दाहालले बताउनु भयो।