वीरगन्ज । बहुदरमाई नगरपालिका वडा नं.३ नगरदाहांमा किरण आँखा अस्पताल बीरगंज द्वारा निशुल्क आँखा शिबिर कार्यक्रम आज सम्पन्न भएको छ। स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत किरण आँखा अस्पताल बीरगंज द्वारा बिमा भएका नागरीकहरुलाई निशुल्क चेकजाँच तथा अप्रेशन गरिने आयोजकले जनाएको छ। स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत किरण आखाँ अस्पताल बीरगंज द्वारा १५०जना महिला तथा पुरुष रोगीको आँखा चेकजाँचमा ४३जनामा मोतियाबिन्दुको रोगी फेला परेको आई स्पेस्लिष्ट डा.दिपनारायण चौधरीले जानकारी दिनु भयो। किरण आँखा अस्पताल बीरगंज द्वारा निशुल्क आँखा चेकजाँचमा ४३जना फेला परेको मोतियाबिन्दुको रोगीको निशुल्क शल्यक्रिया गरिने डा.दिपनारायण चौधरीले बताउनु भयो। स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत किरण आखाँ अस्पताल बीरगंज र बहुदरमाई नगरपालिका वडा नं.३का वडाध्यक्ष दिनेश यादवको समन्वयमा सो निशुल्क आखाँ शिविरको संचालन गरिएको थियो।किरण आखाँ अस्पताल बीरगंज द्वारा निशुल्क आखाँ चेकजाँच कार्यक्रममा आरती चौधरी,रामबाबु चौरसिया र कमलेश कुमारले प्राबिधि सहयोग पुर्याउनु भएको थियो।