राकेश साह
वीरगंज,फागुन २८
पर्साको संखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ औराहारेन्जमा लागेको साताव्यापी श्रीमद भागवात धनधान्यञ्चल महायज्ञ समापन भएको छ । संबिधान सभा सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले देशमा अमनचैन स्थापना गर्न महायज्ञ साधक सावित हुने बताउनुभयो । उहाँले मानिसक तनाव कम गर्न पनि महायज्ञले सहयोग पुग्ने बताउदै धर्म संस्कृतिको रक्षा गर्नु सवैको दायित्व भएको बताउनुभयो ।कार्यक्रममा नेकपा नेता बासुदेव महतो,युवा नेता यशवन्त यादव, रवि गुप्ता,महमद निजाम, संखुवा प्रसौनी गाँउपालिका अध्यक्ष प्रदिप जयसवाल,वडा अध्यक्ष विश्वनाथ पटवारी लगायतको उपस्थिती रहेको थियो ।