रामजी यादव


वीरगन्ज । सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साको २८औ बार्षिक साधारण सभा कार्यक्रम एन.जी.ओ.सी.सी को सभाकक्षमा आज सम्पन्न भएको छ।जिल्ला समन्वय समिती पर्साको उप -सभापति पुरन पटेलको प्रमुख आतिथ्यमा भएको सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साको २८औ साधारण सभा कार्यक्रममा गत आ.ब २०७८/२०७९मा ६करोड ५८लाख ८३हजार ७सय ९८ को आर्थिक तथा बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरिएको थियो। आ.ब.२०७९/२०८०मा ११करोड ३लाख ३३हजार ३सय २१को बार्षिक प्रस्ताबित बजेटको बारेमा सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साका महासचिव रामप्रबेश साहले प्रस्तुत गर्नु भएको थियो।सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साको २८औ बार्षिक साधारण सभामा बिभिन्न बक्ताहरुले बिधालयमा शिक्षा क्षेत्रलाई गुणस्तर तथा अझ प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिईएको थियो।गत आ.ब.२०७८/०७९को सामाजिक संस्था जिल्ला समन्वय समिती पर्सा द्वारा संचालन भएको बिभिन्न कार्य योजनाका कार्यक्रमहरु सराहनीय योग्य भएकोले बिभिन्न बक्ताहरुले स्वागत गर्दै शुभकामना ब्यक्त गरेका थिए।सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साका अध्यक्ष ईव्राहिम देवानको अध्यक्षमा भएको २८बार्षिक साधारण सभामा दिपेश पटेल,सोनी चौधरी ,धर्मदेव पासवान ,रंजीत यादव,दुलार्चन प्र.साह,अस्मिता ओली,बिक्रम चौरसिया,राजेश बिस्कुखे,संगीता बजर्युलाई प्रमाण -पत्र प्रदान गरि टिका लगाई दोसला ओढाई सम्मानित गरिएको थियो।सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साको २८बार्षिक साधारण सभा कार्यक्रमका बिशिष्ट अतिथीमा पटेरवा सुगौली गाउँ पालिका अध्यक्ष दिनेश चौधरी,पोखरिया नगरपालिकाका उप -मेयर रुबी ठाकुर,सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साका पूर्व अध्यक्ष तथा जनता समाजबादी पाटीका जिल्ला अध्यक्ष रामनरेश यादव,सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साका संस्थापक अध्यक्ष राजेश पंडीत, पकर्सागढी नगरपालिकाका पूर्व नगर प्रमुख लोकनारायण यादव ,कोषाध्यक्ष बिनोद यादव ,सल्लाहकार बृजकिशोर पटेल,पत्रकार छठु साह,जगत राई,हरिचन्द्र प्र.साह, लगायत बिभिन्न सामाजिक संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घोषण आनंद कुमार श्रेष्ठले गर्नु भएको थियोे।