वीरगञ्ज, १ चैत : बिन्दवासिनी गाउँपालिका वडा न–२ को वडाध्यक्ष सञ्जय चौहानले वडा कार्यालयको कामकाजको लागि गाउँपालिकाबाट पाउनु भएको ना.१.ब ३६८२ नम्बरको सरकारी प्लेटको मोटरसाइकल आज प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारको रोहबरमा गापालाई बुझाउनु भएको छ । यसअघि वडा नं. १ का वडाध्यक्ष सागिर मियाँ र वडा नं. ५ का वडाध्यक्ष सुखदेव राउत अहिरले सरकारी सुविधाबाट लिनुभएको मोटरसाईकल गाउँपालिकालाई बुझाइसक्नु भएको छ ।